बगदाद- इराकको किर्कुक प्रान्तमा पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी १८ जना अर्धसैन्य बलका अधिकारीको मृत्यु भएको छ। धराप इस्लामिक स्टेट (आइएस) ले थापेको जनाइएको छ।
धरापमा परी मृत्यु हुनेहरू सबै जना हासद शाबीका अर्थसैन्य बलका लडाकू रहेका अधिकारीहरूले जानकारी दिएका छन्।
आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका बेला सोमबार राति सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ। हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको बाहिनीका १८ जना अर्धसैनिकको मृत्यु भएको पुष्टि गरे।
धरापमा परी उक्त बलका ८ वटा सवारीसाधन पनि ध्वस्त भएका छन्। आतंककारीतर्फ भएको क्षतिका बारेमा भने कुनै पनि जानकारी नआएको अधिकारीहरूले जनाएका छन्।सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।