ad

जेसिज कपमा कर्णालीको विजयी सुरुवात

SHARES
Nepal Live

सुर्खेत- जेसिज कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश क्रिकेट टिमले विजयी सुरुवात गरेको छ। दाङमा सञ्चालित प्रतियोगिता अन्तर्गत आज आफ्नो पहिलो खेलमा कर्णालीले महाकाली क्रिकेट क्लबलाई १० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो। जसमा टेक सलामीले सर्वाधिक ५७ रन बनाए भने निश्चल रावलले ३० र रविन्द्रजंग शाहीले १८ रनको योगदान दिए । 

एक सय ५३ रनको लक्ष्य पछ्याएको महाकाली क्लबले एक सय ४२ रन मात्रै बनाएपछि कर्णाली प्रदेश १० रनले विजयी भएको हो। महाकालीका लागि दिनेश ऐरीले ५३ र सन्तोष भट्टले ३० रनको योगदान दिएपनि टिमलाई जिताउन सकेनन्। बलिङतर्फ कर्णालीका टेक सलामीले ४ र दिनेश पुनले २ विकेट लिएको कर्णाली क्रिकेट टिमका म्यानेजर रोशन शाहीले जानकारी दिए । उनका अनुसार सर्वाधिक ५७ रन बनाउनुका साथै ४ विकेट लिएका कर्णालीका टेक सलामी खेलको म्यान अफ दि म्याच भए ।

विनोद शाही

पत्रकार शाही कर्णाली प्रदेशका संयोजक हुन्

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार