काठमाडौं- एभरेस्ट बैंकले काभ्रेको बनेपामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको उक्त शाखाको उद्घाटन काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका सञ्चालकले संयुक्त रुपमा गरेका हुन्।
एभरेस्ट बैंकले हाल आफ्ना ७० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।