काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर ६ मा पुग्न नसकेपनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी छ। सोमबार हङकङलाई पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यताको बाटो खुलेको हो।
हङकङ विरुद्धको खेलमा उत्कृष्ट बलरले उत्कृष्ट प्रदर्शन गरेकाले जित हात पारेको नेपालका कप्तान पारस खड्काले बताएका छन्। 'हाम्रा बलरले उत्कृष्ट बलिङ गर्न सफल भए,' पारसले आइसिसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्,'स्पिनर र मिडियम पेसरले अनुशासित बलिङ गरे। त्यसैले हामीले उनीहरुलाई १ सय ५० को हाराहारीमा रोक्न सफल भयौं।'
सम्बन्धित समाचार: नेपाल, हङकङ र पिएनजी मध्ये १ टिमलाई एकदिवसीय मान्यता, नेपालको सम्भावना कति?
: विश्वकप छनोटमा नेपालले हङकङलाई हरायो, एकदिवसीय मान्यता पाउने बाटो खुल्यो
पारसले रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दा लक्ष्य पार गर्न सलिजो भएको बताए। 'ब्याटिङमा पनि हामीले राम्रो सुरुवात गरेक थियौं। पहिलो विकेट लागि ४१ रनको साझेदारी भयो। तर हामीले पछिल्लो ५ विकेट २० रन बनाउँदा गुमायौं,' उनले भने,'तर सोमपाल र रोहितले उत्कृष्ट ब्याटिङ गर्दा हामीले जित निकाल्न सफल भयौं। उनीले आफ्नो क्षमता प्रमाणित गरेका छन्।'
खेलको म्यान अफ दि म्याच भएका रोहितले म्याच फिनिसिङ गर्न पाउँदा खुसी लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।