चितवनमा कार दुर्घटना : एकको मृत्यु, ३ घाइते

Nepal Live

रत्ननगर – चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा१२च ४६१५ नंको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटारस्थित सडक किनारामा आज बिहान ३ बजे भएको दुर्घटनामा परी कारमा सवार धादिङ जिल्ला थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्सेज भरतपुरमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते भएका छन् । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार