विमान दुर्घटनाबारे जानकारी दिन हटलाइन टेलिफोन सेवा

Nepal Live

काठमाडौं– युएस–बांग्ला एयरको विमान दुर्घटनासम्बन्धि जानकारी दिने उद्देश्यले नेपालस्थित बंगलादेशी राजदुतावासले हटलाइन टेलिफोन सेवा सुरु गरेको छ।

बंगलादेशका परराष्ट्र राज्य मन्त्री मोहम्मद शाहरियर आलमले सोमबार बेलुका फेसबुकमा एक स्टाटस पोस्ट गर्दै मृतक तथा घाइतेहरुका परिवारका लागि हटलाइन टेलिफोन सेवा सुरु गरिएको जनाएका छन्।

हटलाइन नम्बरहरु एमडी एल अलामुल, कन्सुलर– ००९७७–९८१०१००४०१ र असित बारान सरकेर, प्रथम सचिव– ००९७७–९८६१४६७४२२ रहेका छन्।

बंगलादेशी राजदुतावासका सबै अधिकारीहरु अस्पताल तथा विमानस्थलमा रहेकाले सकेसम्म सहि सुचना पुर्याउन तत्पर रहेको राज्यमन्त्री आलमले बताए।

फ्लाइट नम्बर बिएस २११ को विमान ढाका–काठमाडौं उडानका क्रममा अवतरण गर्दा त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परेको थियो। ४ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु सवार सो विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा परि २२ जना घाइते भएका थिए। घाइतेहरुको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार