सुरुङ्गा, झापा- सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको शव धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव परेको छ।
फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा) मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो।
पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकरी दिइन्। बिर्तामोडस्थित दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै बाहिरिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।