रुपन्देही– भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरिएको छ। भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले भैरहवाका व्यवसायी एवं सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमति सदस्य हरिश सेठियालाई लक्षित गरी गोली प्रहार गरेको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए।
व्यवसायी सेठियामाथि भैरहवाको हाटबजारस्थित सेवा पथमा गोली प्रहार गरिए पनि उनी बच्न सफल भएको प्रहरीले जनाएको छ।
गोली प्रहार गर्ने दुई जनामध्ये एक जना भागेको र एक जनालाई स्थानीयको सहयोगमा पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले बताए।
प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।