काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार भएको युएस-बंगला विमान दुर्घटनामा चालक दलका सबै सदस्यको मृत्यु भएको छ। चालक दलका ४ सदस्यको दुर्घटनामा मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणकले जनाएको छ।
बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको विमानको चालक दलमा तीन बंगलादेशी नागरिक पृथुला रसिद, ख्वजा हुसेन र रकिबुल हुसेन र एक चिनियाँ नागरिक झ्याङ मिङ थिए।
दिउँसो २ बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा बंगलादेशी जहाज दुर्घटनामा परेको थियो। दुर्घटनापछि विमानमा आगलागी भएको थियो। ६७ यात्रु र ४ चालक दलका सदस्यसहित विमानमा ७१ जना सवार थिए। जसमध्ये ४९ जनाको मृत्यु भएको छ भने २२ जना बाँच्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।