काठमाडौं- चालक दलका चार सदस्यसहित ७१ जना सवार युएस-बाङ्ला एयरलाइन्सको विमान काठमाडौंमा अवतरणका क्रममा अपराह्न २ बजेर २० मिनेटमा दुर्घटना भएको छ।
फ्लाइट नम्बर बिएस २११ को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्ग बाहिर दुर्घटनामा परेको थियो। दुर्घटनामा १० भन्दा बढी यात्रुको मृत्यु भएको बताइए पनि संख्या यकिन भएको छैन।
घाइतेहरुको उद्धार गरी उपचारका लागि थापाथलीको नर्भिक, सिनामंगलको केएमसी लगायतका असपतालमा लगिएको छ। विमान दुर्घटनाग्रस्त भएपछि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ।
दुर्घटनापछि विमानस्थलमा जे देखियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।