विराटनगर- दुई थान पेस्तोल र खुकुरीसहित काठमाडौंका एक व्यक्ति सुनसरीको इटहरीमा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका ४ बालुवाटारका ३५ वर्षीय नवाङ पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
इटहरी उपमहानगरपालिका १६ मेजर टोलका स्थानीयवासीहरुलाई हतियार देखाएर धम्क्याउँदै गरेका शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथवाट २ थान पेस्तोल, त्यसमा लाग्ने ४ राउण्ड गोली, म्याग्जिन, १ थान खुकुरी, १ लाख नगद, विभिन्न बैंकका ६ थान एटिएम कार्ड बरामद भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
शेर्पालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।