बेइजिङ–चीनमा प्रमुख नेताका लागि समयसीमा नराख्ने सम्बन्धमा आज मतदान हुँदैछ। जसले वर्तमान राष्ट्रपति सि जिन पिङलाई जिन्दगीभरका लागि राष्ट्रपति बन्ने बाटो खुल्नेछ।
संविधान संसोधनकै एक अंशको रुपमा रहेको सो प्रस्तावलाई आज बस्ने नेसनल पिपुल्स कंग्रेसको वार्षिक बैठकले पारित गर्ने आशा गरिएको छ।
चीनमा सन् १९९० को दशकदेखि राष्ट्रपतिका लागि दुइपक्षीय सीमा निर्धारण गरिएको थियो। गत अक्टोबरमा भएको कम्युनिष्ट पार्टी कंग्रेसले राष्ट्रपतिको सम्भावित उत्तराधिकारी पेश गर्ने परम्परालाई खारेज गरेको थियो।
आफ्नो नाम र राजनीतिक सिद्धान्तलाई पार्टीको विधानमा लेखाउँदै राष्ट्रपति पिङले राजनीतिक शक्तिलाई एकितृत गरेका थिए। जसबाट उनको उचाई पार्टीका संस्थापक माओ जेदोङभन्दा माथि पुगेको बिबिसीले लेखेको छ।
गत फेब्रुअरीमा संविधानमा रहेका केहि सीमाहरुलाई हटाउन पार्टीमा प्रस्ताव पेश भएको थियो। जसबाट सिको कार्यकाल सन् २०२३ सम्मका लागि मात्रै हुने बताइएको थियो। आइतबार हुने निर्वाचनमा सो प्रस्ताव विना कुनै अप्ठ्यारो पास हुनेमा विश्वास गरिएको छ।
अन्य देशमा संसद प्रमुख संवैधानिक अंगको रुपमा रहने भए पनि चीनमा भने कम्युनिष्ट पार्टीको कंग्रेस नै प्रमुख मानिन्छ। तर यसलाई फराकिलो रुपमा ‘रबर स्ट्याम्पिङ’ अंगको रुपमा बुझिन्छ, जसले प्रमुख नेताले भनेका कुराहरुलाई अनुमोदन गर्दछ।
हालसम्म छैन कुनै विवाद
बिना कुनै विवाद यो विषयलाई हालसम्म बहसमा उठाइएको छैन। साथै नेसनल पिपुल्स कांग्रेसले पार्टीको विरुद्ध कहिल्यै मतदान गरेको छैन। तर प्राप्त रिपोर्टहरुका अनुसार कुल २ हजार ९ सय ८० प्रतिनिधिमध्ये केहिले भने विपक्षमा भोट गर्ने बताइएको छ। जसले प्रस्ताव पारित हुने–नहुने टुंगो लाग्नेछ।
प्रस्तावका विषयमा छलफल गर्न तथा प्रभाव पार्न सक्ने तस्बिरहरु प्रकाशन गर्न समेत चिनीया सेन्सरले रोक लगाउँदै आएको छ। सामाजिक संजालहरुमा भने राष्ट्रपति सि जिन पिङका कार्टुनहरु प्रकाशित भइरहेका छन्।
उता सरकारद्वारा संचालित समाचार संस्थाहरुले भने विधान परिवर्तन गर्नुपर्ने पक्षमा समाचार प्रशारण तथा प्रकाशन गर्दै आएका छन्।
अमेरिकी राष्ट्रपतिको समर्थन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक ट्विट गर्दै लेखेका छन्,‘जीवनभरका लागि राष्ट्रपति, मलाइ लाग्छ यो अति नै महान कार्य हो। मलाई लाग्छ कि हामीले यो विषयलाई केहि दिन समय दिनुपर्छ।’
ट्रम्पले सिको प्रस्तावको पक्षमा व्यक्त गरेको धारणाको भने केहि विश्लेषकहरुले टिप्पणी गरेका छन्।
अनुमोदन हुनसक्ने अन्य विषयहरु
नेशनल पिपुल्स कंग्रेसमा सि जिन पिङको तेस्रो कार्यकालका लागि बाटो खोलिने प्रस्तावमा मात्र अनुमोदन हुनसक्ने सम्भावना छैन। सो समारोहमा यस्तो पनि आशा गरिएको छ कि राष्ट्रपतिको दोस्रो कार्यकालपछि ५ वर्षका लागि आउने सरकारको आकार र लक्षलाई पनि निश्चित गर्ने छ। साथै एक शक्तिशाली भ्रष्टाचार विरुद्धको आयोग खोल्ने कानुनको समेत अनुमोदन हुने सम्भावना छ।
संविधानमा राष्ट्रपति जिन पिङको राजनीतिक दर्शन ‘सि जिन पिङको सोच’ लाई पनि उल्लेख गर्न मतदान हुनेछ। सो दर्शन गत अक्टोबरमा नै पार्टीले अनुमोदन गरिसकेको छ। अधिकारीहरुका अनुसार सो दर्शन समाजवादका लागि भावि समयमा चिनीया प्रवृत्ति कस्तो हुने भन्ने विषयमा केन्द्रित छ।
राष्ट्रपतिको दस्तावेजमा राज्यका सबै स्कुल तथा कलेजका विद्यार्थी तथा कर्मचारीलाई राजनीतिक विचारधारालाई अध्ययन गर्नुपर्ने अनिवार्य गरिने छ। जसलाई आधुनिक चीनको एक अध्यायको रुपमा हेरिएको छ।
सि जिन पिङ सन् २०१२ मा राष्ट्रपतिमा नियुक्त भएपछि चीनलाई विश्वकै एक क्षत्रीय शक्तिको रुपमा विकति गर्दै आफ्नो प्रभावलाई समेत बढाउन सफल भएका छन्।
भष्ट्राचारको विरुद्धमा कडा रणनीतिलाई आत्मसात गर्दै सिले पार्टीका १० लाखभन्दा बढी कार्यकर्ताहरुलाई कारबाही गरेपछि उनको उचाई चुलिएको थियो।
सोहि समयमा नै एकातर्फ स्वतन्त्रताका लागि चीनमा अंकुश लगाउँदै गर्दा राज्यले निगरानी तथा सेन्सरसिप कार्यक्रमहरुलाई बढावा दिइरहेको छ।
एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।