धनगढी– कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीलार्इ बोक्सीको आरोपमा कुटपिट गर्ने मध्येकी एक किस्मिता चौधरी पक्राउ परेकी छिन्।
उनले भोलेबाबा भनिने रामबहादुर चौधरीसँग मिलेर राधालाई कुटपिट गरेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो। रामबहादुर शुक्रबार नै पक्राउ परिसकेका छन्। उनीहरुलार्इ साथ दिने अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उपचाररत राधा चौधरी
भोलेबाबाकी सहायिका दाबी गर्ने किस्मिता आफूलार्इ ‘पार्वतीमाता’ बताउँथिन्। सुरुमा राधामाथि किस्मिताले नै कुटपिट गरेकी थिइन्। गत बिहीबार 'बोक्सी’ भगाउन भन्दै ६ घन्टासम्म राधामाथि कुटपिट भएको थियो। राधाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।