ad

किशोरी बलात्कार गर्ने ६२ वर्षीय वृद्ध पक्राउ

SHARES
Nepal Live

गाईघाट- उदयपुर बेलका नगरपालिकाकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा सुनसरी बराह नगरपालिका ८ का ६२ वर्षीय सुडिलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

हाल सोही स्थानमा बसोबास गर्दै आएका चौधरीले १५ वर्षकी किशोरीलाई बेलका बजारमा बलात्कार गरेको प्रहरीको आरोप छ। आरोपित चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार