इलाम- दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण गरिएको छ।
इलाम, पाँचथर र ताप्लेजुङका १७ विद्यार्थीलाई सो सहयोग गरिएको एक्सन डिसेवल राइट्स एन्ड डेभलपमेन्ट नेपालका अध्यक्ष डा वीरेन्द्रराज पोख्रेलले बताए।
यसैगरी फाकफोकथुम गाउँपालिका वडा नं १ र २ मा २५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। करुणा फाउण्डेशन नेपालको आयोजना तथा महिला तथा बालबालिका कार्यालयको सहयोगमा वडा नं १ को ठिंगेपुर र वडा नं २ को कोल्बोटेमा भएको शिविरमा परिचयपत्र बाँडिएको हो। एक जनालाई रातो, ७ जनालाई निलो, ११ जनालाई पहेँलो र ६ जनालाई सेतो परिचयपत्र वितरण गरिएको फाउन्डेसनका सन्तबहादुर विश्वकर्माले जानकारी दिए।ं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।