भैरहवा– नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर ३ का सांसद घनश्याम भुसालले भैरहवालाई प्रदेश ५ को आर्थिक राजधानी बनाउने बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघको ५९औं साधरणसभामा नेता भुसालले मुलुकको दोस्रो ठूलो नाका भैरहवा प्रदेश ५ को आर्थिक राजधानी बन्ने बताएका हुन्।
उनले भैरहवा क्षेत्रलाई चैत मसान्तभित्र लोडसेडिङ मुक्त बनाउने घोषणा गरे। उनले विशेष आर्थिक क्षेत्र (सेज)मा पनि यही वर्षभित्र आवश्यक विद्युत् पुर्याउने, मालबाहक सवारीसाधन पार्किङको व्यवस्था मिलाउने, ६ लेन सडकलाई पूर्णता दिने लगायतका कामका लागि पहल भइरहेको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य सन्तोस पाण्डेले हाल सञ्चालित सबै साना–ठूला आयोजनका काममा कुनै बाधा नआउने गरी तीव्र रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए। उनले भैरहवाको डण्डा खोला वरपर ९ किमी क्षेत्रलाई बहुउद्देश्यीय पर्यटन योजनासहित संरचना तयार गर्ने र एयरपोर्टमा आएको मुआब्जा सम्बन्धी समस्या छिटै समाधान गर्ने बताए।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले उद्योगी व्यवसायीले आफ्ना समस्या समाधान र हकहितको संरक्षणमा मात्र केन्द्रित नभएर सामाजिक गतिविधिमा पनि केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले संघको इतिहास र कार्यक्रमबारे जनकारी गराएका थिए। कार्यसमिति सदस्य विजय पाण्डेले संघको इतिहासलाई वृतचित्र मार्फत प्रस्तुत गरेका थिए।
तथा अधिवेशन शुरु भएको छ । अबिधेशनले नयाँ नेतृत्व चयन गर्दै भोली सकिने छ । आगामि कार्यकालका लागि संघमा आबद्ध उद्योगी व्यवसायिहरु दुई बटा प्यानल बनाएर चुनावी दौडमा छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघले शनिबार नयाँ कार्यसमिति समेत चयन गर्नेछ। आगामी कार्यकालका लागि संघमा आबद्ध उद्योगी व्यवसायीहरु दुई बटा प्यानल बनाएर चुनावी दौडमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।