काठमाडौं– साइबर क्राइमको अभियोगमा फिल्म निर्माता तथा छायाकार डिक खड्का पक्राउ परेका छन्।
फिल्म सम्पादक तारा थापा 'किम्बे' की श्रीमती सावित्री बर्जालाई सामाजिक सञ्जालमा लामो समयदेखि अश्लील फोटो तथा भिडियो पठाएको भन्दै परेको उजुरीका आधारमा खड्का पक्राउ परेका हुन्।
तीनकुनेस्थित प्रहरी परिसरले उनलाई मंगलबार बिहान अनामनगरस्थित निवासबाट पक्राउ गरेको हो।
खड्कालाई साइबर क्राइम मुद्दामा म्याद थप गरी अनुसन्धानका लागि टेकुस्थित अपराध महाशाखामा राखिएको एसएसपी दिवेश लोहनीले जानकारी दिए।
खड्काले 'मजबुर' फिल्म निर्माण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।