काठमाडौं– खुकुरी हानेर फरार रहेको एक समूह समातिएको छ।
फागुन ८ गते बलम्बुमा मनमोहन अस्पताल नजिकै दुई युवकलाई खुकुरी हानेर घाइते बनाउने ८ जनाको समूहलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा धुव्र रोकाय, नबिन तामाङ, ग्याछु वल तामाङ, पबिन राई, सोनम चोम, छिरिङ तामाङ, विश्वराज तामाङ र सुरेन्द्र तामाङ छन्। पक्राउ परेकाउपर महानगरीय प्रहरी वृत्त थानकोटले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।