ad

नेपाली–अंग्रेजी शब्दकोशको नयाँ एप सार्वजनिक, यस्ता छन् विशेषता

SHARES
Nepal Live

काठमाडौं– नेपाली एन्ड्रोइड एपमध्ये लोकप्रिय एन्ड्रोइड एप 'हाम्रो नेपाली – English Dictionary' को नयाँ अपडेटेड भर्सन सार्वजनिक भएको छ। करिब १० लाखभन्दा बढी पटक डाउनलोड भइसकको उक्त एपलाई शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। 

व्याकरणकार, कोषकार तथा भाषाविद् चूणामणि गौतम, भाषाविद् शरच्चन्द्र वस्ती, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतले एप सार्वजनिक गरे। सार्वजनिक एप एन्ड्रोइड मोबाइलमा एक पटक डाउनलोड गरिसकेपछि पुन: प्रयोगका लागि इन्टरनेट नचाहिने स्मार्ट आइडियाजका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले जानकारी दिए।

यसअघि सार्वजनिक एपमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि उपयोगि शब्दावली प्रयोग गरेर सार्वजनिक गरिएको थियो। एपमा अब भने विद्यालय तहभन्दा माथिका सबै तह र क्षेत्रका नागरिकहरुका लागि उपयोगी हुने जानकारी गराइयो। 

५२ हजार नयाँ तथा पुराना शब्द, स्पष्ट र शुद्ध उच्चारणको अडियो तथा शब्दहरुको थप पुष्टिका लागि चित्रसमेत प्रयोग गरिएको कार्यक्रममा जानकारी दिइयो। 
एपमा शब्दहरु सम्बन्धी विभिन्न खेलसमेत समावेश गरिएको छ। 

कार्यक्रममा भाषाविद् गौतमले नेपालमा भाषाका सम्बन्धमा धेरै अशुद्धता बढेर गएको र यसलाई सबैले सुधार गर्नुपर्ने बताए। अर्का वक्ता वस्तीले नेपाली भाषामा भएको मिठासलाई अंग्रेजी प्रयोगकर्ताले ओझेलमा पार्दै गएकाले यसप्रति सजग हुन आग्रह गरे।

एन्ड्रोइड मोबाइलको गुगल प्लेस्टोरमा गएर 'हाम्रो नेपाली – English Dictionary' लाई डाउनलोड गरी नयाँ संस्करणको एप प्रयोग गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार