काठमाडौं- तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २१औं वार्षिक साधाणसभा चैत १२ गते हुने भएको छ।
त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुने सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ७ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकलाई आउँदो ४ वर्षका लागि पुनः नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, सञ्चालकको बैठक भत्ता दोब्बर बढाएर ११ हजार ७ सय ६४ रुपैयाँ पुर्याउने प्रस्तावसमेत पारित गर्ने बताइएको छ। हाल सञ्चालक बैठक भत्ता ५ हजार ८८२ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।