काठमाडौं- मुक्तिनाथ विकास बैंकले न्युरोडस्थित देव प्लाजामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन पूर्व गभर्नर डा तिलकबहादुर रावलले गरेका हुन्।
डा रावलले बैंकिङ क्षेत्रमा आफूले सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससँग तुलना गर्दै देश विकासमा बैंकिङ र वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको अवस्था र भावी योजनाको बारेमा बताएका थिए। बैंकले आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गर्ने समेत उनले बताए।
यो शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या ७४ पुगेको छ। बैंकको २०७४ माघ मसान्तसम्म कुल निक्षेप २१ अर्ब ९२ करोड रुपैयाँ संकलन गरेर २० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।