काठमाडौं- ओम डेभलपमेन्ट बैंकको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ।
बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ९७ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य २ सय ७२ रुपैयाँ दिएको थियो। नेप्सेले बैंकको १७ दशमलव ७२ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब १३ करोड ७१ लख २८ हजार छ । मनास्लुलाई गाभेको बैंकले ३० प्रतिशत हकप्रद बिक्री गरेको चुक्ता पुँजी बढाएको हो।
बैंकले ३७ करोड ८१ लाख बराबरको बोनस बाँडफाँटपछि चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।