काठमाडौं- कोलकाताको नतुनहाट, विवेकानन्द पार्क रोडमा नेपाल भवन बन्ने भएको छ।
‘संयुक्त नेपाली केन्द्रीय सेवा संघ’को नाममा पारित भइसकेको करिब ११ कट्ठा जमिनमा भवन निर्माण हुने भएको हो। संयुक्त नेपाली वेलफेयर ट्रष्टका संयोजक खिमराज बरालले भवन निर्माणका लागि १७ करोड खर्च लाग्ने जानकारी दिए।
सो भवनका लागि सरकारबाट ६ लाख रुपैयाँ भने प्राप्त भइसकेको छ। अपुग रकम चन्दाबाट संकलन गरिने बरालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।