ad

\'मन्त्र : च्याटिङ अफ टेक्नोलोजी\' पोखरामा सम्पन्न 

SHARES
Nepal Live

पोखरा-  'मन्त्र : च्याटिङ अफ टेक्नोलोजी'को तेस्रो संस्करण गत साता पोखराको सभागृहमा भएको छ। 'नेपाल बन्छ, जब नेपाल मै  बन्छ' नाराका साथ  माघ २६ गतेदेखि एक सातासम्म पोखरामा प्रदर्शनी भएको थियो।  प्रदर्शनी १२ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ।

मन्त्र: नेपाल आधारित टेक फेयर इभेन्ट हो। फेयरमा विभिन्न संघस्था, कम्पनीहरू, उद्यमीहरू तथा प्रविधि, रोबोटिक्स, कला, विज्ञान, एयरोस्पेस, मेडिकल, मिडिया र डिजाइनमा रहेका व्यक्तिहरूको उपस्थिति थियो।

पोखरामा भएको फेयरमा तालहरुको सरसफाइका लागि लेक स्वीपर प्रोटोटाइप मन्त्रको पनि प्रदर्शनी भएको थियो। रोबोटिक रोड स्विप्रर मेसिन पनि प्रदर्शनिमा रखिएको थियो। जसले सडकमा भएको धुलो र फोहोरलाई संकलन गर्छ।

नेपालमा विज्ञान र प्रविधिको सम्भाव्याता र विकासमा जोड दिदै निरन्तर खोज अनुसन्धानमा संलग्न युवाहरुको परिकल्पना र नेतृत्वमा 'मन्त्रः च्यान्टिब अफ टेक्नोलोजी’ को अभियान सञ्चालन भइरहेको हो ।

डिजिटल उत्पादन, इन्टरनेट सम्बन्धी सामग्रीहरु (आइओटी), कृत्रिम बौद्धिकता (एआई) र रोबोटीक कला जस्ता प्राविधिक विकास नेपालमै सम्भव रहेको नमूना र उदाहरण कार्यक्रममा प्रदर्शनी र कलामार्फत पेश भएको थियो।

नेपालमै सस्तो मूल्यमा सामान किन्न पाइन्छ भन्ने सन्देश दिने मुख्य उद्देश्य राखेर  इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालले संयुक्तरुपमा फेयर आयोजना गरेका हुन्।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार