थाहा पाउनुस्, आइपिओ निष्काशन तयारीमा रहेका ८ जीवन बिमा कम्पनीको अवस्था कस्तो छ?

Nepal Live

काठमाडौं- प्राथमिक सेयरलाई सुरक्षित र प्रतिफलको बलियो आधार मानेर लगानी गर्ने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। यसै क्रममा बजारमा नयाँ जीवन बिमा कम्पनी सञ्चालनमा आएसँगै लगानीकर्तामा कम्पनीको साधारण सेयर (आइपिओ) आउने भएकाले लगानीकर्तामा उत्साह छाएको छ। 

सञ्चालन अनुमति पाएका ९ जीवन बिमा कम्पनीमध्ये ८ कम्पनी सञ्चालनमा आएका छन् र अधिकांशको पहिलो वर्षको साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले सर्वसाधरण लगानीकर्ताको लागि आइपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ। 

तर, नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियमावली अनुसार कम्पनीहरु सञ्चालनमा आएको एक वर्ष नपुगी आइपिओ जारी गर्न नपाउने व्यवस्था छ। उक्त व्यवस्थाका कारण आइपिओ निष्काशनको लागि बिमा कम्पनीहरु १ वर्षको पर्खाइमा रहेका छन्। 

यसै क्रममा ८ जीवन बिमा कम्पनीहरुले चालू आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार ती कम्पनीहरुले ७३ हजार ३० बिमा लेखबाट ६७ करोड ९३ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन्।

\"\" 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी
१ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी भएको आइएकई लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८३ पैसा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ६ दशमलव ९८ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ सय ६ दशमलव ९८ रहेको छ। 

\"\"

 

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी
ज्योती लाइफले जीवन बीमा सुरु गरेपछि ८ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले ८६२ बिमा लेख बिक्री गरी ३ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले कर्जा सापटीबाट ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ जम्मा भएको छ।

 

\"\"

 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी
१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। कम्पनीले यही अवधिमा १५ हजार ५७ वटा बिमा लेख बिक्री गरी ७ करोड ६१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ।

\"\"

 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
चालू आर्थिक वर्षको भदौ ५ गतेदेखि सञ्चालनमा आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पुस मसान्तसम्ममा ६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रो त्रैमासको अन्तयसम्ममा ३२ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ शून्य २ पैसा रहेको छ। 

\"\"

 

युनियन लाइफ इन्स्योरेन्स कम्पनी
असोज ६ गतेबाट औपचारिक रुपमा कारोबार सञ्चालनमा ल्याएको युनियन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ४८ लाख रुपैयाँ कमाएको छ। कम्पनीले सो अवधिसम्म २२ हजार १ सय ७९ वटा बिमा लेख बिक्री गरी २५ करोड ४३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। 

कम्पनीले ब्याज आम्दानीबाट ८ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अवधिमा कम्पनीले एउटा बिमा लेखको ६ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ जम्मा भएको छ।

\"\"

 

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी
मंसिर १ गतेबाट औपचारिक रुपमा कारोबार सञ्चालन गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमाससम्म आइपुग्दा ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले पुस मसान्तसम्म २०१ वटा बिमा लेख बिक्री गरी ६४ लाख २२ हजार बिमा शुल्क आर्जन गरेको छ। कम्पनीको नाफामा कर्जा सापटी मार्फतको आय ९ करोड २ लाख रुपैयाँले मद्दत गरेको छ। 

\"\"


सानिमा लाइफ इन्स्योरेन्स कम्पनी
मंसिर २२ गतेदेखि औपचारिक रुपमा कारोबार थालेको सानिमाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ६० लाख रुपैयाँ खुद मुनाफा काएको छ।
 \"\"

 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
चालू आर्थिक वर्षको असार ६ गते सञ्चालनमा आएको सन नेपाल लाइफ इन्स्योरेन्सले पुस मसान्तसम्ममा ८ करोड १० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। 

\"\"

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार