काठमाडौं- माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरजकुमार श्रेष्ठले राजीनामा दिएका छन्।
श्रेष्ठले आफ्नो कार्यकाल नसकिँदै आइतबार राजीनामा दिएका हुन्। व्यवसाय विस्तारमा लक्ष्य अनुसार प्रगति गर्न नसकेको बैंकमाथि आरोप लाग्दै आएको थियो। सञ्चालकहरुले श्रेष्ठमाथि व्यवसाय बढाउन नसकेको र सञ्चालक समितिसँग समन्वय नगरेको आरोप लगाउँदै आएका थिए।
श्रेष्ठ २०७३ असोज १७ गते ४ वर्षका लागि माछापुच्छ्रे बैंकमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।