काठमाडौं– गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘क्रि’ की अभिनेत्री अदिती बुढाथोकी ‘जोय’ पपैया सनस्क्रिन क्रिमको ब्रान्ड एम्बेस्डर घोषित भएकी छन्।
बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जोयको नेपालस्थित अधिकृत बिक्रेता एसएम इन्टरप्राइजेजका निर्देशक मनिकर्ण केसीले अदितीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेका हुन्। कार्यक्रममा केसीले अदितीको साथमा जोयको उत्पादनले नेपाली उपभोक्तामाझ गहिरो सम्बन्ध बढाउन सहज हुनेमा विश्वास व्यक्त गरे।
यस्तै, अदितीले, सूर्यको हानिकारक विकिरणबाट बच्न पपैया सनस्क्रिन क्रिमको प्रयोग आफ्नो पहिलो रोजाइ भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।