काठमाडौं- मुक्तिनाथ विकास बैंकले काठमाडौंको बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकको उक्त शाखाको उद्घाटन राष्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर थापाले गरेका हुन्।
बानेश्वर शाखा सञ्चालनसँगै बैंकको ७४ वटा शाखा पुगेको छ।
बैंकले २०७४ पुस मसान्तसम्म कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा ४९ दशमलब ०८ प्रतिशतले वृद्धि गरेर २१ अर्ब ७४ करोड रुपैयाँ संकलन गरेको छ।
बैंकले कुल कर्जा ४७ दशमलब ६६ प्रतिशतले वृद्धि गरी १९ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ।
चालु आर्थिक वर्षको ६ महिनासम्ममा खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलब ४४ प्रतिशतले वृद्धि गरी २६ करोड ४४ लाख रुपैयाँ कमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।