काठमाडौं- पोखरा फाइनान्स लिमिटेडले एकैपटक २ नयाँ एटिएम काउन्टर सञ्चालनमा ल्याएको छ।
पोखरा लेखनाथको न्युरोडमा प्रधान कार्यालय रहेको फाइनान्सले पोखराको भीमकाली पाटन शाखा र नागढुंगास्थित फेवा सिटी हस्पिटलको प्रांगणमा नयाँ एटिएम सञ्चालनमा ल्याएको हो। उक्त एटिएम सेवाको उद्घाटन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले गरेका छन्।
हाल यस संस्थाको चुक्ता पुँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ। संस्थाले २०७४ पुससम्ममा निक्षेप करिब ३ अर्ब ९४ करोड रुपैयाँ र कर्जा ३ अर्ब ७० करोड रुपैयाँ परिचालन गरेको छ। सो अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड २ लाख रुपैयाँ कायम गर्न सफल भएको छ।
संस्थाले चुक्ता पुँजी वृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्काशन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा बेँसीसहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने तयारी भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।