काठमाडौं- लक्ष्मी बैंकले तनहुँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालिकामा दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ।
नयाँ शाखा सञ्चालनमा आएसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ७६, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स अनि ४ सयभन्दा बढी मोबाईल एजेन्टहरु पुगेको छ। यी शाखाहरुका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ।
यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।