काठमाडौं- आइएमई जनरल इन्स्योरेन्सले दुई नयाँ शाखा कार्यालय झापाको दमक र सुनसरीको इटहरीमा सञ्चालनमा ल्याएको छ।
साथै, कम्पनीले मोरङको विराटचोकमा उपशाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालक योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रुपमा गरेका हुन्।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने बताए।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्तवादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्न सार्वजनिक बिदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने जानकारी दिए।
यस तीन शाखा सहित २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउन्टर र प्रधान कार्यालयसहित ४० स्थानबाट सेवाग्राहीले सेवा पाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।