कुबेत– कुवेतमा अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई त्यहाँको सरकारले केही समयका लागि बैध हुने मौका दिएको छ। भिसा समाप्त भएर बस्दै आएका र एउटा कम्पनीबाट अर्काेमा भागेकालाई जरिवना तिरेर कुवेतमा बस्न वा जरिवाना नतिरी स्वेदश फर्कने मौका दिएको छ।
माघ १५ गतेदेखि नै यस्तो आममाफी सुरु भएको र फागुन १० सम्म जारी रहेको कुबेतस्थित नेपाली दुतावासले जनाएको छ।
यो अवधिमा कुबेतस्थित नेपाली दुतावासले शुक्रबार र शनिबार पनि सेवा दिने भएको छ। आममाफी अवधिमा स्वदेश नफर्कने र कुबेत बस्नका लागि बैध नहुने व्यक्तिलाई त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गरी निष्काशन गर्ने छ। त्यसरी निष्काशनमा परेका व्यक्तिहरु गल्फ कोअपरेटिपस्मा आबद्ध देशहरु बहराइन, कुबेत, ओमान, कतार, साउदी अरेयिबा र यूएई जान पाउने र्छैनन्।
नेपालीहरुलाई आममाफीमा सहजीकरण गर्न तथा नेपालीहरु अन्य समस्याको बारेमा छलफल गर्न कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले कुबेतका सहायक परराष्ट्रमन्त्री अलि सुलेमान अलसादसँग भेट गरी छलफल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।