काठमाडौं– शैक्षिक परामर्श तथा भाषा कक्षाहरु सञ्चालन गर्दै एआईपी (एजुकेशन कन्सलटेन्सी)ले भुटानको थिम्पुमा शाखा खोलेको छ। भुटानी बिद्यार्थीहरुलाई समेत सेवा दिने उदेश्यले शाखा खोलिएको हो।
काठमाडौंको बानेश्वरमा मुख्य कार्यालय रहेको एआईपीले अष्ट्रेलिया, अमेरिका, भारतलगायतका देशहरुमा जान चाहने विद्यार्थीलाई उच्च शिक्षाका लागि परामर्श दिदै आएको छ। भुटानका बिद्यार्थीहरुलाई समेत बैदेशिक अध्ययनसम्बन्धि सेवा दिन शाखा विस्तार गरिएको एआईपीका कार्यकारी निर्देशक सुजन थापाले बताए ।
एआईपीले हाइटेक लाइब्रेरीसहित आइइएलटिएस र टोफलको तयारी कक्षा सञ्चालन गर्दै आएको छ। आफुहरुले बिद्यार्थीहरुको चाहना बुझेर त्यहीअनुसार परामर्श दिने कार्यकारी निर्देशक थापा बताउँछन्।
एआईपीले अष्ट्रेलिया, अमेरिका र भारतका चर्चित विश्वविद्यालय तथा कलेहरुसँग सहकार्य गरी नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका ती देशमा पठाउँदै आएको छ। एआईपी भारतको चर्चित चण्डीगढ विश्वविद्यालयको नेपालस्थित आधिकारीक कन्सलटेन्सी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।