ad

नेपाल इन्भेस्टमेन्ट बैंकका दुई शाखा थपिए

SHARES
Nepal Live

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंकले थप दुई शाखा विस्तार गरेको छ।

कालिकोटको नाग्ममा ६२औं र दैलेखको डाबमा ६३औं शाखा स्थापना भएको हो। ती स्थानमा यसअघि एक्सटेन्सन काउन्टरमात्र सञ्चालनमा थियो। यो शाखा थपिएसँगै अब प्रदेश ६ मा नेपाल इन्भेस्टमेन्ट बैंकका ४ शाखा भएका छन्।

बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दाला सहुलियत ऋण उपलब्ध गराउन र कृषि व्यवसायमा समेत सहयोग गर्न शाखा विस्तार गरिएको बैंकले जनाएको छ। हाल बैंकका ६३ शाखा र ९७ एटिएम बुथ छन्।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार