चिलिमे आयोजना पुनः सञ्चालनमा

नेपाल लाइभ

Nepal Live

रसुवा- बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएको छ।

विद्युत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

विद्युत् सञ्चालनमा ल्याउन चिलिमे जलविद्युत् केन्द्रले काठमाडौँबाट प्राविधिक मगाएको थियो। विद्युत् उत्पादन पुनः सुरु भएपछि आज साँझदेखि सुरु हुने मतगणना सहज हुने बताइएको छ। रासस

पढ्नै पर्ने