ad

पहिलो चरणमा निर्वाचन सकिएका ३२ जिल्लामा साँझ ५ बजेदेखि मतगणना

सबै मतगणनास्थलमा सिसिटिभी र जाली 

नवराज मैनाली 

Nepal Live

काठमाडौं– पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा बिहिबार  ५ बजेबाटै मतगणना सुरु हुने भएको छ। सबैजसो जिल्लामा सर्वदलिय बैठक बसिसकेको छ। सर्वदलिय बैठकबाट सहमति गरी सबै जिल्लामा  अपराह्न ५ बजेदेखि नै मतगणना सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। 

पहिलो चरणमा निर्वाचन भएका ३२ वटा जिल्लामा सर्वदलिय बैठक सम्पन्न भइसकेकेका र केहीमा जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । ‘सायद ३२ जिल्लामै ५ बजेदेखि नै मतगणना सुरु हुने छ,’ उनले भने।

मंसिर ११ गते हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो। जिल्ला सदरकुमामहरुमा मतगणनाको अन्तिम तयारी भइरहेको छ। ३२ जिल्लामा ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा निर्वाचन भएको थियो। सुरुमा प्रत्यक्षतर्फको मतगणना हुने निर्वाचन आयोगले जनाएको छ। 

सबै  गतगणनास्थलमा सिसिटिभी र जाली 

मतगणनालाई विवादरहित बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको छ। सबै जिल्लामा मतगणनास्थलमा सिसिटिभी र जाली राखिएको  जिल्ला प्रहरी प्रमुखहरुले बताएका छन्। स्थानीय तहको निर्वाचनमा  मतगणनामा खटिएका प्रतिनिधिहरुले मतपत्र च्यातेकाले त्यस्तो घटना हुन नदिन दलका प्रतिनिधिलाई जाली बाहिर राख्न लागिएको हो। 

दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार दोलखामा तीनस्थानमा मतगणना हुने छ। तिनै स्थानमा सिसिटिभी र जाली राखिएको छ। ‘सर्वदलिय बैठक सम्पन्न भइसकेको छ,’ उनले भने,‘५ बजेबाट नै मतगणना सुरु गर्न लागिरहेका छौं।’ 

सोलुखुम्बुमा पनि ५ बजेदेखि नै मतगणना सुरु हुने डिएसपी रेशम पराजुलीले जानकारी दिए। रोल्पामा पनि मतगणनाको सबै तयारी भइसकेको छ। ५ बजेदेखि नै मतगणनाको सहमति भएको डिएसपी ज्ञानेन्द्र फुँयालले बताए।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ट्राफिकलाई ५० थान ह्विल लक प्रदान

Nepal Live

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी– पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा

बैतडी: चितुवा मार्न प्रहरी परिचालन

Nepal Live

बैतडी– बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी

डोल्पावासीको चामल दुई वर्षदेखि काठमाडौंमै

Nepal Live

डोल्पा (दुनै) - डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल

नेसनल मेडिकल कलेजद्वारा आमा सुरक्षा कार्यक्रममा अनियमितता

Nepal Live

वीरगञ्ज– वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विगत ५ वर्षदेखि

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

Nepal Live

धनगढी– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं

पढ्नै पर्ने