मोरङमा शान्तिपूर्ण निर्वाचन : लालबाबु र शेखरले गरे मतदान (फोटो फिचर)

नेपाल लाइभ

Nepal Live

विराटनगर- मोरङमा उत्साहपूर्वक मतदान भइरहेको छ।

दोस्रो चरण अन्तर्गत मोरङमा आज मतदान भइरहेको हो। बिहानैदेखि सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ।  

मोरङबाट चर्चित नेताहरु एमालेका लालबाबु पण्डित र कांग्रेसका शेखर कोइरालाले पनि मतदान गरेका छन्। 

मोरङ क्षेत्र–६ का वाम गठवन्धनका उम्मेदवार पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गरे। उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेस उम्मेदवार कोइरालाले आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

 

 


 

पढ्नै पर्ने