यी हुन् गगन थापालाई आक्रमण गर्नेहरु 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– सोमबार नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि आक्रमण गर्नेहरु नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले बुधबार बेलुका सो पार्टीका पाँच जना जिल्लास्तरीय नेतालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। 

पक्राउ पर्र्नेमा नेकपाका राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका काठमाडौं इन्चार्ज रवि गोले, काठमाडौं जिल्ला सदस्य सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, सामना परिवारका कलाकार महेश नेपाली, पार्टीका न्याय विभाग प्रमुख विगेश लामा र नुवाकोट जिल्ला सदस्य राजिव स्याङ्तान छन्। 

प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये गोले राजधानीमा बम पड्काउने र राख्ने समूहका योजनाकार भएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए। उनीहरुबाट प्रहरीले विभिन्न विष्फोटक पदार्थ र दस्तावेज बरामद गरेको छ। उनीहरुमाथि प्रहरीले हातहतियार मुद्दामा कारबाही गर्ने जनाएको छ।

पढ्नै पर्ने