ad

मतदानपछि शीर्ष नेताले के भने?

नेपाल लाइभ

Nepal Live

काठमाडौं– प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज हुँदैछ। यसै चरणमाअधिकांश शीर्ष नेताले मतदान गरेका छन्।

मतदानपछि नेताहरुले फरकफरक प्रतिक्रिया दिएका छन्। मुख्यगरी उनीहरुले मुलुक समृद्धिको दिशामा अघि बढेको उनीहरुको भनाइ छ।

शेरबहादुर देउवाः प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। मतदानपछि उनले ट्वीट गरेका छन्– 'समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्र पुगेर मैले आफ्नो मताधिकार प्रयोग गरेको छु। र, तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतिहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु।'

पुष्पकमल दाहाल प्रचण्डः चितवन ३ का उम्मेदवार रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा रहेको आधारभूत विद्यालय शान्तिपुरमा मतदान गरेका छन्। मतदान पछि उनले भने– 'सबैभन्दा ठूलो विद्रोहको नेतृत्व मैले गरें। शान्तिप्रक्रियाको नेतृत्व पनि गिरिजाबाबु र मैले गर्‍यौं तर गिरिजाबाबु अहिले हुनुहुन्न। ममात्रै जीवित बाँकी छु। त्यो कारणले पनि यो प्रक्रियाको सफलतासम्म आइपुग्दा, संविधान घोषणा, त्यसको कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका खेलेर अहिले आफैंले आफ्नै जिल्लामा आएर मतदान गर्दा र यहाँबाट स्थायीत्वको नयाँ यात्रा र विकास र समृद्धिको यात्रा सुरु भएको महसुस गरेको छु।

झलनाथ खनालः खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेका थिए। मतदानपछि उनले भने– 'देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ। 

रामचन्द्र पौडेलः पौडेलले तनहुँको व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गरेका छन्। मतदानपछि उनले भने–'७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलन र संघर्षको परिणामले प्राप्त संविधानलाई कार्यान्वयन गरी लोकतन्त्रलाई संस्थागत गरी मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यो निर्वाचन भइरहेको बताए। यसले मुलुकलाई अग्रगतिमा लग्नेछ र नेपालमा लोकतन्त्र साकार हुनेछ भनेर मैले विश्वास लिएको छु।'

कृष्ण सिटौलाः सिटौलाले झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा मतदान गरेका छन्। मतदानपछि उनले भने– 'संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो, निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन्। अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुन्छ। निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई समृद्धितर्फ लान्छ। अब परिवर्तन विरोधीहरु आफैं पाखा लाग्छन्।' 

प्रकाशमान सिंहः काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार रहेका सिंहले क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।मतदानपछि उनले भने– 'भातृत्वका हिसाबले रविन्द्र मिश्रलाई पत्रकारले चर्चामा ल्याए तर ग्राउन्डको हिरो मै हुँ।'

रवीन्द्र मिश्रः ललितपुरको भैसीपाटीबाट मतदान गरेका छन्। मतदानपछि मिश्रले ट्वीट गरेका छन्– 'देश बनाउनको लागि, आफ्नो टोलछिमेक बनाउनका लागि, आफ्नो परिवार बनाउनका लागि, आफ्नो भविष्य बनाउनका लागि लोकतन्त्रमा एउटा मतको ठूलो शक्ति हुन्छ। त्यो हामी सबैले प्रयोग गर्नुपर्छ।'

विमलेन्द्र निधिः निधिले धनुषाको राजेश्वरनिधि उच्च माविबाट मतदान गरेका छन्। मतदान पछि उनले ट्वीट गरेका छन्– 'मैले यहाँहरूका अधिकारका लागि यहाँहरूकै प्रतिनिधीको हैसियतले मतदान गरें। यो निर्वाचन सशस्त्र संघर्षलाई शान्तिमा रूपान्तरण गर्दै देशलाई सम्वृद्धिको अभियानमा लैजाने जनचाहनाको सम्बोधनका लागि भैरहेको हो। जसको नेतृत्व इतिहासका सबै कालखण्डमा कांग्रेसले गरेको हो र गरिरहने छ।'

ईश्वर पोखरेलः काठमाडौं ५ का उम्मेदवार समेत रहेका महासचिव पोखरेलले टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित स्काई लार्क स्कुलमा मतदान गरेका छन्। मतदानपछि उनले भने– ‘वैदेशिक लगानी र स्थानीय सरकार समेतको व्यापक परिचालनबाट आर्थिक एजेण्डालाई प्राथमिकता दिएर अबको ध्यान भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्छौं। हाम्रो अबको ध्यान मुलुकको पुनर्निर्माण र आधुनिकीकरणमा हुनेछ, समृद्धि प्राप्तिका निम्ति हुनेछ। विकास र समृद्धिको पक्षमा काम नगर्नेहरु अब आफै समाप्त भएर जान्छन्, त्यसैले हाम्रो ध्याउन्न अब मुलुक बनाउनेतिरै हुनेछ।’

कमल थापाः थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।मतदानपछि उनले पनि ट्वीट गरेका छन्– 'मैले आफ्नो मतदान गरें। यो निर्वाचन पश्चातशान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार भै देश आर्थिक बिकास र समृद्धि तर्फ उन्मुख हुने बिश्वास गरेको छु। मतदान गर्नबाट कोही नछुटौं।'

(केही नेताको प्रतिक्रिया राससबाट लिइएका छन्)

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

Nepal Live

लहान– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई

सिंहको निधनमा एमालेद्वारा दुःख व्यक्त

Nepal Live

काठमाडौं– नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसचिव र राष्ट्रियसभाका

भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत – बिजुक्छे

Nepal Live

भक्तपुर– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत भ्रमणका

प्रधानमन्त्रीको भारत भ्रमणबारे मिश्रित प्रतिक्रिया

Nepal Live

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गरेको भारत भ्रमणलाई लिएर विभिन्न

राप्रपा विभाजनको विषय सदनमा

Nepal Live

काठमाडौं– व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको विषयले प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमण सफल : राज्यमन्त्री विष्ट

Nepal Live

भक्तपुर- सूचना तथा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण

पढ्नै पर्ने