ad

गगन थापालाई बम हान्ने ६ जना पक्राउ, पेस्तोल र बम बरामद

नवराज मैनाली

Nepal Live

काठमाडौं– नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्।

नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो। उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार वटा बम बरामद भएको छ। 

‘गगन थापामाथि आक्रमण गोलेकै समूहले गरेको हो,’ बिशेष ब्युरोका एआइजी हेमन्त पालले नेपाल लाइभसँग भने,‘राजधानीमा भएका सबै विस्फोटहरु उनकै नेतृत्वमा भएका थिए।’

गत सोमबार थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए। 

प्रहरीले नेकपाका कार्यकर्ताहरुको तीन वटा डेरामा छापा हानी बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेजसमेत बरामद गरेको छ। 

राजधानीमा भएका अन्य विस्फोटका घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ। गोलेकै समूहले राजधानीमा चुनावविरोधी गतिविधि गरेका थिए। 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ट्राफिकलाई ५० थान ह्विल लक प्रदान

Nepal Live

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी– पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा

बैतडी: चितुवा मार्न प्रहरी परिचालन

Nepal Live

बैतडी– बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी

डोल्पावासीको चामल दुई वर्षदेखि काठमाडौंमै

Nepal Live

डोल्पा (दुनै) - डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल

नेसनल मेडिकल कलेजद्वारा आमा सुरक्षा कार्यक्रममा अनियमितता

Nepal Live

वीरगञ्ज– वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विगत ५ वर्षदेखि

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

Nepal Live

धनगढी– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं

पढ्नै पर्ने