भक्तपुरको बालकोटमा यसरी भएको थियो कम्युनिस्ट र कांग्रेसबीच झडप [भिडियो]

निमेष जंग राई

काठमाडौं- भक्तपुरको बालकोटमा कम्युनिस्ट र कांग्रेस समर्थकबीच झडप भएको छ। 

एकाएक ५०-६० जनाको संख्यामा आएका वाम गठबन्धनका युवाले कांग्रेस समर्थकमाथि आक्रमण गरेका थिए। त्यसपछि कांग्रेस समर्थक युवाले पनि प्रतिकार गरेका थिए। 

कांग्रेसको पकड रहेको क्षेत्रमा वाम गठबन्धनका कार्यकर्ता आक्रमण गरेको स्थानीयबासीले बताएका छन्। ती युवाले बिहान १० बजेदेखि नै पटक-पटक आएर स्थानीयमाथि आक्रमण गरेका थिए। झडपका क्रममा आधा दर्जनभन्दा बढी युवा घाइते भएका छन्।

भक्तपुर निर्वाचन क्षेत्र २ मा पर्ने सूर्यविनायक नगरपालिका ५ बालकोट रोज भिलेज नजिक झडप भएको हो। प्रहरीले दुई दलका कार्यकर्ताबीच झडप भएको खबर आएपछि सुरक्षाकर्मीको टोली खटाइएको जनाएको छ।

पढ्नै पर्ने