मुलुक अब विकास र समृद्धिको युगमा प्रवेश गर्‍यो : ईश्वर पोखरेल

नेपाल लाइभ

Nepal Live

काठमाडौं- नेकपा एमाले महासचिव ईश्वर पोखरेलले चुनावपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गर्ने बताएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का वाम गठवन्धनका साझा उम्मेदवार समेत रहेका महासचिव पोखरेलले टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित स्काई लार्क स्कुलमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै चुनावपछि मुलुकमा समृद्धिको पुनर्जागरणको युग प्रारम्भ हुने प्रतिक्रिया दिए।

‘वैदेशिक लगानी र स्थानीय सरकार समेतको व्यापक परिचालनबाट आर्थिक एजेण्डालाई प्राथमिकता दिएर अबको ध्यान भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्छौं,’ महासचिव पोखरेलले भने, 'हाम्रो अवको ध्यान मुलुकको पुनर्निर्माण र आधुनिकीकरणमा हुनेछ, समृद्धि प्राप्तिका निम्ति हुनेछ।’

राजनीतिक क्रान्तिको समाप्तिपछि आफूहरुको कार्यसूची नै अब समृद्धि र विकासको पक्षमा रहेको उनको भनाइ थियो। ‘विकास र समृद्धिको पक्षमा काम नगर्नेहरु अब आफै समाप्त भएर जान्छन्, त्यसैले हाम्रो ध्याउन्न अब मुलुक बनाउनेतिरै हुनेछ,' उनले भने।

पढ्नै पर्ने