निर्वाचन आयुक्तले कहाँबाट गरे मतदान ?

नेपाल लाइभ

Nepal Live

काठमाडौं- दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयुक्तहरुले पनि मतदान गर्नुभएको छ । 

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका–१० कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका–२, टीका विद्याश्रम मावि, सानेपा मतदान केन्द्र र आयुक्त सुधीरकुमार शाहले काठमाडौँ महानगरपालिका–४ र धुमबाराही मावि, धुमबाराही मतदान केन्द्रबाट मतदान गरे। 

यसैगरी आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका–८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गरेको आयोगले जनाएको छ । रासस

पढ्नै पर्ने