निर्वाचन विरोधी गतिविधिमा संलग्न सिके राउत पक्राउ

नवराज मैनाली

Nepal Live

काठमाडौं- निर्वाचन बहिष्कारको घोषणा गरेका सिके राउत धनुषाबाट पक्राउ परेका छन्। 

केहीबेरअघि उनलाई धनुषाबाट नियन्त्रणमा लिएको एसपी चक्रबहादुर सिंहले बताए।

मधेसलाई अलग राज्य बनाउनुपर्ने माग राख्दै अभियान चलाएका राउत तराईका विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधिमा संलग्न थिए। उनले सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाका मतदातालाई मतदान बहिष्कार गर्न भन्दै आएका थिए।

उनको दबाबपछि सप्तरीको महदेवा मतदानस्थलमा मतदाता पुगेका छैनन्। महदेवा सिके राउतको गाउँ हो।

पढ्नै पर्ने