देश अब समृद्धिको बाटोमा : कांग्रेस नेता पौडेल [भिडियो]

नेपाल लाइभ

Nepal Live

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनपछि लोकतन्त्रको संस्थागत विकास र संक्रमणकाल अन्त्य हुने बताएका छन्।

तनहुँको व्यास नगरपालिको सत्यवती मावि मतदान केन्द्रमा मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले यो निर्वाचनले ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलन र संघर्षको परिणामले प्राप्त संविधानलाई कार्यान्वयन गरी संस्थागत गर्ने बाटो खुल्ने बताए। 

‘यो निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक छ’, नेता पौडेलले भने, ‘यसले समग्र राष्ट्रलाई विकास गर्न सहयोग पुग्छ। अब देश समृद्धिको बाटोमा अघि बढ्नेछ।’ 

तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेता पौडेलले २० वर्षदेखि चलिरहेको संक्रमणकालीन मुद्दाहरु समेत अब सम्बोधन हुने बताए। 

उनले राष्ट्रप्रतिको कत्र्तव्य पूरा गर्न सबै जनताले मताधिकारको प्रयोग गर्नुपर्नेमा जोड समेत दिए।

पढ्नै पर्ने