ad

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

नेपाल लाइभ

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो चरणबाटै पराजित भएकी छिन् । छैटौं वरीयताकी जर्मन खेलाडी केर्वरलाई जापानकी नाओमी ओसाकाले २–० को सेटमा हराएकी हुन्।

१९ वर्षीय नाओमीले पहिलो सेट ६–३ ले जित्दा दोस्रो सेट ६–१ ले सहज रुपमा आफ्नो पक्षमा पारिन् । ओसाका केर्वरभन्दा ३९ स्थान तल ४५ वरीयाकी खेलाडी हुन्  । पछिल्लो १२ महिनामा २९ बर्षीय केर्वरले कुनै पनि उपाधि जित्न सकेकी छैनन्।

महिला एकलतर्फकै अर्काे खेलमा शीर्ष वरियताकी कारोलिना प्लिस्कोभा दोस्रो चरणमा पुगेकी छिन् । चेक गणतन्त्रकी प्लिस्कोभाले पोल्यान्डकी माग्डा लिनेटीलाई ६–२ र ६–१ ले हराएकी हुन्। 

पुरुष एकलतर्फका खेलमा स्विजरल्यान्डका रोजर फेडेरर र स्पेनका राफाल नाडाल दोस्रो चरणमा प्रवेश गरेका छन् । पाँचपटक युएएस ओपनको उपाधि जितेका फेडेररले अमेरिकाका फ्रान्सिस टियाफोएमाथि ४–६, ६–२, ६–१, १–६ र ६–४ को संघर्षपूर्ण जित निकालेका हुन्।

नाडालले सर्वियाका डुसन लाजोभिकालाई ७–६(८–६), ६–२ र ६–२ ले हराएर अघिल्लो चरणमा स्थान बनाएका छन्  ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने