मतदान हुने दिनका लागि उपत्यकामा चार हजार सवारीले लिए पास 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– बिहीबार हुने निर्वाचनमा देशभरि अत्यावश्यक बाहेक सवारीसाधन चलाउन निषेध गरिएको छ। अत्यावश्यक सेवाका सवारीसाधनले पनि पास लिएर मात्र चलाउने पाउने गृह मन्त्रालयले जनाएको छ। 

निर्वाचन आयोगले उपत्यकामा करिब चार हजार सवारीसाधनलाई सवारी पास वितरण गरेको छ। विभिन्न निकायको सिफारिसमा करिब चार हजार पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निर्वाचन आयोगमा खटिएका अधिकृत महेशप्रसाद दाहालले बताए। 

जन्तीदेखि मलामीसम्म

बिहेको जन्ती ओसार्नदेखि मलामी ओसार्नसम्म सवारी पास वितरण गरिएको छ।

‘मंसिर महिना भएकाले धेरैले बिहेका लागि पास लगेका छन्’, अधिकृत दाहालले भने, ‘शेर्पा समुदायले मलामी जानका लागि दुई वटा पास लगेका छन्।’ 

त्यस्तै, उम्मेदवार, प्रेस, अस्पताल, पर्यटन व्यवसायी, एयरलाइन्स, सेना तथा प्रहरीले धेरै पास लिएका छन्। विदेश जाने, परीक्षा दिनेहरुले पनि पास लिएका छन्।  

पढ्नै पर्ने