ad

भूकम्पले क्षति पुर्‍याएको बरम्ची आयोजनाबाट विद्युत उत्पादन सुरु

नेपाल लाइभ

Nepal Live

चौतारा- २०७२ बैसाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ। 

खोलामा पानी घटेको कारण हाल १ दशमलव ८ देखि २ मेगावाट विद्युत उत्पादन भई लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख एम थापाले जानकारी दिए।

निजी क्षत्रको युनिक हाइडेल प्रालिद्वारा निर्माण भएको सो आयोजना ४ दशमलव २ मेगावाट क्षमताको छ। जुगल गाउँपालिकाअन्तर्गत साविक बरम्ची गाविसस्थित बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त सो आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजना लगायत सर्वसाधारणको कैयौं रोपनी जग्गा जमिन समेत पुरेको थियो। 

भू–गर्भविद्का अनुसार पेनस्टक पाइप राखिएको स्थान कमजोर भू–भाग भएका कारण करिब २५० मिटर सुरुङ मार्ग निर्माणको लागि अध्ययन गर्ने सोचाइ भइरहेको आयोजना प्रमुख थापाले बताए।

लामो समयसम्म आयोजना बन्द भई पटकपटक मर्मत गर्नु पर्दा आयोजनाले करोडौँ घाटा बेहार्नुपरेको बताइएको छ।रासस
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

Nepal Live

सुर्खेत, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश

महाकालीमा चारलेनको पुल निर्माणकोे तयारी

Nepal Live

भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की

उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ : घिसिङ

Nepal Live

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान

बाढीले अवरुद्ध जिप सफारी पुनः सञ्चालनमा

Nepal Live

रत्ननगर (चितवन)- पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध

काभ्रेमा कृषि उपजको औसत मूल्य घटदै

Nepal Live

बनेपा- काभ्रेपलाञ्चोकमा उत्पादन हुने विभिन्न कृषि उपजको औसत मूल्य घटदै गएको

बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा

Nepal Live

चितवन- बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी

पढ्नै पर्ने