विश्वकप फुटबल २०१८ को समूह विभाजन, कुन समूहमा कुन-कुन देश परे ?

नेपाल लाइभ

Nepal Live

मस्को- फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ। शुक्रबार आयोजक देश रसियाको मस्कोमा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ।

समूह विभाजन अगस्ट महिनाको फिफा वरीयताका आधारमा गरिएको थियो। वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्। 

यस्तो छ समूह :

समूह ए 
रसिया 
साउदी अरेबिया 
इजिप्ट 
उरुग्वे 

समूह बी 
पोर्चुगल 
स्पेन 
मोरक्को 
इरान 

समूह सी 
फ्रान्स 
अस्ट्रेलिया 
पेरु 
डेनमार्क 

समूह डी 
अर्जेन्टिना 
आइसल्यान्ड 
क्रोएसिया 
नाइजेरिया 

समूह ई 
ब्राजिल 
स्विट्जरल्यान्ड 
कोस्टारिका 
सर्विया 

समूह एफ 
जर्मनी 
मेक्सिको 
स्विडेन 
दक्षिण कोरिया 

समूह जी 
बेल्जियम 
पानामा 
ट्युनिसिया 
इंग्ल्यान्ड 

समूह एच 
पोल्यान्ड 
सेनेगल 
कोलम्बिया 
जापान 

पढ्नै पर्ने