कम्युनिस्ट एकता राजनीतिक भविष्य सुरक्षित गर्न होइन : प्रचण्ड

नेपाल लाइभ

Nepal Live

भरतपुर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको निर्माण राजनीतिक स्थायित्व र जनताको विकास, समृद्धिको आकांक्षा सम्बोधन गर्ने उद्देश्यका साथ भएको बताएका छन्। 

चितवनमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कम्युनिस्ट एकता र वाम गठबन्धन राजनीतिक भविष्य सुरक्षित गर्ने रुपमा मात्र नभएको बताए। 

उनले भने, ‘अहिलेको अभियान राजनीतिक स्थायित्व स्थापित गर्ने र जनताको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्ने महान् रणनैतिक उद्देश्यका साथ नयाँ पहलकदमीका रुपमा अघि बढेको छ।’ 

विगत ७० वर्ष मुलुक अस्थिरताको भुमरीमा परेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसबीचमा पाँच वर्ष पनि चलाउन नमिल्ने बुर्जुवा सरकार बनेको उल्लेख गरे। 

पार्टी एकताको संकल्पसहित देशभरि गठबन्धनका साझा उम्मेदवार खडा गरेर पहिलो पटक निर्वाचन लडेको उल्लेख गर्दै अध्यक्ष दाहालले आसन्न निर्वाचन राजनीतिक आन्दोलन, नेपाल राष्ट्रको इतिहासमा नयाँ र गुणात्मक ढंगले फरक प्रकृतिको रहेको बताए।

पढ्नै पर्ने